काठमाडौं : जनता समाजवादी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले पदत्याग गर्नु उपयुक्त भएको बताएका छन् । आज ट्वीट गर्दै उनले प्रधानमन्त्री ओलीले आफ्नै देशका जनता र अन्तर्राष्ट्रिय जगत समेतको भ्रष्टाचार सम्बन्धी संगीन आरोपलाई ध्यान दिँदै पदत्याग गर्नुपर्ने बताएका हुन् ।
नेता भट्टराईले प्रधानमन्त्री ओलीलाई पदत्याग गरेर प्रायश्चित गर्न सुझाव समेत दिएका छन । संरचनात्मक सुधार नगरी भ्रष्टाचार नरोकिने समेत पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईको जिकिर छ । उनले शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनलोकपाल र आर्थिक विकास ध्यान दिनुपर्ने बताएका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेसनलको एसियाको प्रतिवेदनमा प्रधानमन्त्री ओलीले भ्रष्टाचारका आरोपी रक्षा गरेको विवरण सार्वजनिक भएपछि नेता भट्टराईको पछिल्लो भनाइ आएको हो ।
Comments are closed.