काठमाडौं, १२ मंसिर -चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गाैतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् । धमला दम्पती आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा भने भयो ।एलिजालाई सानैदेखि पढाइमा भन्दा पनि नाच्न र गाउनमा बढी सोख थियो । पढाइमा भने उनले कहिल्यै त्यत्ति राम्रो अंक ल्याउन सकिनन् । घरमा उनले जितेका पुरस्कार र मेडलहरू अनगिन्ती छन्, तर त्यसमा पढाइको तर्फबाट पाएको भने एउटै छैनन् । सबै नाचगानको मात्र हुन् ।
भविष्यमा के बन्ने भन्ने पूर्णरूपमा आकार कोरिसकेकी थिइनन् उनले । तर, एउटा कुरा चाहिँ उनको दिमागमा बसेको थियो, ‘हिरोइन बन्छु’ ।रंगीचंगी सपना देख्ने एलिजाकाे मनलाई घरको वातावरण र बाबुआमाको व्यवहारले काँच्चै खाइदिन्थ्यो । केटा साथी बनाउनसमेत डर लाग्ने परिवारमा ‘हिरोइन बन्छु’ भनेर भन्नु भनेको आफ्नै खुट्टामा वञ्चरो हान्नुजस्तै लाग्थ्यो एलिजालाई ।
बुबाआमाले भनेको कुरा जे पनि मानिहाल्ने छवि भएको कारण पनि उनले आफ्ना रंगीन सपनाबारे बुबाआमालाई भन्ने आँट गर्न सकिनन् । तर सपना देख्न भने छोडिनन् उनले ।एक चियापान कार्यक्रममा उनकी आमाले एलिजालाई पनि सँगै लिएर गइन् । एलिजालाई थाहा थिएन त्यो भेटले उनकोे जीवन नै परिवर्र्तन हुँदै छ भनेर ।
अक्सर जिन्दगीमा केही सामान्य घटनाले पनि जीवनलाई पूर्णरूपमा मोडिदिन्छन् । सोही कार्यक्रममा एलिजाको जीवनमा पनि त्यस्तै भयो ।उनलाई पत्रकार ऋषि धमलासँग भेट गराइदिइन् । सायद एलिजाको विवाहको कुरा मिलाउन नै तयार गरिएको भेट थियो त्यो । त्यो भेटको एक हप्तामै उनको पत्रकार धमलासँग इन्गेजमेन्ट भयो ।
उनले एसएलसी दिनेबित्तिकै त्यो १८ वर्षको कलिलो उमेरमा उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा कस्सिएर लागेकी छन् । फिल्ममा जम्न नसकेपनि म्युजिक भिडियामा भने निकै ब्यस्न बनेकी छन् ।भने, सामाजिक संजालमा पनि निकै सक्रिय बनेकी छन् । पछिल्लो समय पनि उनी पोखरा पुगेर पहेलो ड्रेसमा सजिएर फोटोशुट गरेकी छन् । जहाँ उनी निकै खुलेकी छन् भने निकै सुन्दर पनि देखिएकी छन् । उनका ती तस्बिर भाइरल नै बनेका छन् । तस्बिरहरु हेर्नुहोस !
Comments are closed.