Nepal's First Video FM

प्रकाश सपुतको “फुटेका चुरा” आउँदै यस्तो बन्यो पोस्टर !

527

काठमाडौँ , लोकदोहोरी गायक प्रकाश सपुत पछिल्लो समयका एक चर्चित गायक हुन । पछिल्लो केही वर्ष यता उनले हरेक गीत बाट राम्रो सफलता पाएका छन् ।

गायक प्रकाश सपुतको पछील्लो गीत “फुटेका चुरा” आउँदै छ सो गीतको पोस्टर सार्वजनिक भएको छ। यही गितको बिषयलाई लियर सामाजिक सन्जाल मा उनले यस्तो लेखेका छन ।

एक लाईन सम्पादन हेरेपछि यस्तो लाग्यो- यो भिडियोमा हामीले थुप्रै कमजोरी गरेका रहेछौ ! अझै तयारी गर्नु पर्थ्यो । अलिकति हतार गरेछौ । यधपि धेरै कुरा सिक्न भने पायौ हामी संग राम्रो सिर्जना भयो , समय र लगानी भयो भने प्रविधि, ड्रेस डिजाईन, सेट डिजाईन लगायतका कुराहरु नेपालमै उपलब्ध हुन थालेका रहेछन । अडियो प्रोग्रामिङ र भिडियो मेकिङमा हामीले तुलना गर्ने हलिवुड / बलिडकै प्रविधि र दक्ष व्यक्तिहरु नेपालमै हुनुहुदोरहेछ । ! यो काम बाट मेकिङमा अझै धेरै आत्माविश्वास बढेको छ ।
“ फुटेका चुरा” !
मंसिर १५ ( 30th November)

यस गीतमा प्रकाश सपुत र संचार कर्मी अनिता चलाऊने को आवाज रहेको छ, भने अभिनयमा प्रकाश सपुत र अभिनेत्री नम्रता श्रेष्ठ रहने छ। “फुटेका चुरा” मंसिर १५ मा रिलिज हुनेछ ।

You might also like

Comments are closed.