Nepal's First Video FM

कक्षा १२ को फिजिक्सको परीक्षा रद्द भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड

607

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को बिहीबार लिइएको फिजिक्स विषयको परीक्षा रद्ध नभएको स्पष्ट पारेको छ ।

फिजिक्सको परीक्षा रद्ध भएको र १७ मंसिरमा पुनः परीक्षा लिने भ्रमपूर्ण सूचना सामाजिक सञ्जालमा आएको भन्दै बोर्डले विज्ञप्ति नै निकालेर भ्रममा नपर्न सबैमा अनुरोध गरेको छ ।

बोर्डको आधिकारिक वेबसाइटबाहेकका कुनै पनि सूचनालाई आधिकारिक नमान्नसमेत बोर्डले अनुरोध गरेको छ ।

You might also like

Comments are closed.