Nepal's First Video FM

सक्रिय संक्रमितको संख्या उपत्यकामा ९ हजार ७२७, ५२४ को मृत्यु

31

 काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ९ हजार ७२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै सक्रिय संक्रमित काठमाडौंमा छन् । 

काठमाडौंमा ७ हजार ६४४ सक्रिय संक्रमित छन् । ललितपुरमा १ हजार ४९४ सक्रिय संक्रमितको संख्या छ भने भक्तपुरमा ५८९ संक्रमित छन् ।  काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म कोरोनाका कारण ५२४ संक्रमितको मृत्यु भइसकेको छ । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म काठमाडौंमा कोरोनाले ३३९ जनाको मृत्यु भइसकेको छ । यो संख्या ललितपुरमा ९६ र भक्तपुरमा ८९ छ । 

काठमाडौंमा हालसम्म कुल ८५ हजार ७७२ जनामा कोरोना संक्रमण देखिएकोमा ७७ हजार ७८९ निको भइसकेका छन् । ललितपुरमा कुल १२ हजार ८०४ जनामा कोरोना संक्रमण देखिएकोमा ११ हजार २१४ निको भइसकेका तथ्यांकमा उल्लेख छ ।  

भक्तपुरमा हालसम्म संक्रमित हुनेको संख्या ७ हजार ७२६ पुगेको छ । यसमध्ये ७ हजार ४८ निको भइसकेका छन् । हालसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै १ लाख ६ हजार ३०२ जनामा कोरोना संक्रमण भइसकको छ । 

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म नेपालभरमा २ लाख २७ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये २ लाख ९ हजार ४३५ निको भइसकेका छन् ।  

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.