Nepal's First Video FM

कमल अधिकारीको ‘घरवाली पैसा खन खन’ पल शाह र रियाशा दाहाल रोमान्स

594

काठमाडौँ – चर्चित संगीतकार कमल अधिकारीको शब्द, संगीत र गीत संयोजन रहेको म्युजिक भिडियो ‘घरवाली पैसा खन खन’ सार्वजनिक भएको छ ।

गीतमा स्वर विष्णु थापा सरगमको रहेको छ । गीतको प्रोड्युसर नगेन्द्र रिमाल हुन भने व्यवस्थापन गीतकार तथा उपन्यासकार हरि कटुवालको रहेका छन् । भिडियोमा चर्चित नायक पल शाहकी घरवालीको रुपमा पछिल्लो समयमा निकै चर्चामा रहेकी मोडल रियाशा दाहाल देखा परेकी छन् । यस गीतमा द्वन्द्व, माया र मिलन मिसिएको देख्न पाइन्छ ।

निर्देशक विक्रम चौहानले यस भिडियोलाइ निर्देशन गरेका हुन् । यो भिडियोको छायाकन अर्जुन तिवारी र उनको टिमले गरेको हो ।

You might also like

Comments are closed.