Nepal's First Video FM

ताइवानकाे संसदमा सुँगुरको मासुले हाना हाना चल्यो फाइट

434

काठमाडौं, १२ मंसिर । ताइवानको संसदमा प्रधानमन्त्रीमाथि सुँगुरमो मासु प्रहारका साथै मुक्का हानाहान भएको छ । अमेरिकाबाट सुंगुरको मासु आयात गर्ने सरकारको निर्णयको विरोध गर्दे प्रमुख प्रतिपक्षी दलले संसदमै हंगामा मच्चाएका हुन् ।

शुक्रबार बसिरहेको संसद बैठकमा प्रतिपक्षी दलका सांसद र सत्तापक्षका सांसदबीच हात हालाहालपछि त्यहाँको भिडियो पनि संसार भर भाइरल बनेको छ । भिडियोमा एक अर्कामा मुक्का हानाहान साथै बिरोध भइरहेको देख्न सकिन्छ ।

समाचार एजेन्सीहरुका अनुसार गत अगस्टमा सुँगुरको मासु आयात गर्ने घोषणा भएकाले प्रतिपक्षी दलले बिरोध गर्दा झगडाको स्थिती श्रृजना भएको हो । ताइवानका राष्ट्रपति साइ यिङ वेनले आगामी जनवरी १ देखि -याक्टोपामिन भएको सुगुरको मासु अमेरिकाबाट निर्यात गर्ने गरेकाे निर्णयबारे संसदमा शुक्रबार छलफल भइरहेको थियो ।

सोही क्रममा प्रधानमन्त्रीले बोल्ने क्रममा प्रतिपक्षी सांसदहरुले प्रधानमन्त्रीलाई बोल्न अबरोध गर्दै मुखैमा सुँगुरको मासुले प्रहार गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

बिरोधका बाबजुद प्रधानमन्त्रीले सत्ता पक्षका सांसदहरुको घेराबीचमा बसेर बोल्न सुरु गरेका थिए । तर सुँगुरको मासुले मुखमा लागेपछि बोल्न छाडेका थिए । मानिसको स्वास्थ्य बिगार्ने अस्वस्थ्यकर मासु ल्याउन लागेको भन्दै विपक्षी दलले असन्तुष्ट जनाइरहेका छन् । उनीहरुले राष्ट्रपतिको निर्णय फिर्ता हुनुपर्ने मागसमेत राखिरहेका छन् । स्रोत न्युज २४

भिडियाे

You might also like

Comments are closed.