Nepal's First Video FM

‘मैसावले घाइते दिलमा आरा चलाइस्यो’ नायक पल शाह दोहोरो भूमिकामा ‘मैसाव’

600

काठमाडौं । गायक तथा संगीतकार सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा गीत ‘मैसाव’ सार्वजनिक भएको छ । ‘मैसावले घाइते दिलमा आरा चलाइस्यो’ बोलको गीतसँगै म्युजिक भिडियो पनि सार्वजनिक भएको हो ।

अमृत खतिवडा र सत्यस्वरुपको शब्द रचना रहेको गीतमा राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शब्दहरुले प्रयोग गरेको पाइन्छ । सत्यस्वरुपले नै संयुक्त रुपमा संगीत भरेका छन् ।

संगीत संयोजन उदयराज पौडेलको छ । कैलाश राईद्वारा निर्मित भिडियोमा कोरियोग्राफी दीपकराज सुनार, सम्पादन अर्जुन जिसी, भिएफएक्स सत्यम राना, कलर रेनिष फागोको रहेको छ ।

कविराज गहतराजको निर्देशन रहेको म्युजिक भिडियोले पनि दरवारिया शैलीको झल्को दिन्छ । भिडियोमा नायक पल शाह दोहोरो भूमिकामा छन् । पलले राजकुमार दाजुभाइको भूमिकामा नृत्य गरेका छन् । राजकुमारीको भूमिकामा छुकिला शेर्पा छिन् ।

भिडियोमा होटल याक एण्ड यतीलाई दरवारको रुपमा प्रयोग गरिएको छ ।

You might also like

Comments are closed.