Nepal's First Video FM

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोनाभाइरस संक्रमण पुष्टि

302

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र आफू चाँडै मैदान फर्कने सन्दीपले विश्वास लिएका छन् ।

यसै बिच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ४७३ छ ।

पछिल्लो २४ घण्टामा २३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ ।

You might also like

Comments are closed.