डा. बाबुराम भट्टराईको सुझाव : पूर्वराजा र राजावादी हाे ! अरू जेसुकै दाबी गर तर आफूलाई ’राष्ट्रवादी’चैं नभन
काठमाडौं, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा तथा राजावादीहरूलाई आफूलाई राष्ट्रवादी दाबी नगर्न सुझाव दिएका छन्।
उनीहरूले अरू जेसुकै दाबी गरे पनि आफूलाई राष्ट्रवादी भन्नचाहिँ नसुहाउने पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी छ।
‘पूर्वराजा र राजावादीहरूले अरू जेसुकै दाबी गरे पनि आफूलाई’ राष्ट्रवादी’चैं नभनुन्,’ शुक्रबार सामाजिक सञ्जालमा डा. भट्टराईले लेखेका छन्, ‘उनको जस्तो धर्मको राजनीति देशबाहिर कसले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानुन्।’
उनले अगाडि लेखेका छन्, ‘नेपालमा गणतन्त्रको जग हल्लिँदा आउने अस्थिरताले देशको भविष्य के हुन्छ सोचुन् !’
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका ४ खुट्टा भएको उल्लेख गर्दै डा. भट्टराईले एउटा खुट्टा भाँचियो भने पूरै खाट लड्ने बताएका छन्।
उनले ट्विटरमा अगाडि लेखेका छन्, ‘यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्म राजावादी, एकल धर्मवादी, संघीयता विरोधीहरूले बेलैमा बुझुन्। चकचके बाँदरको कथामा झैं आफ्नै अण्डकोष नफोरुन्!’ स्रोत नागरिक
Comments are closed, but trackbacks and pingbacks are open.