काठमाडौं, लोकदोहोरी चेत्र निकै फास्टाएको छ, महंगोमा भिडियो बन्छ, भिडियो खेलेबापत कलाकारहरुले मोटो रकम लिनेगरेक छन, गाउने कलाकार हरुको हक म पनि तेस्तै छ। भुमिगत शैलीबाटै लोकगायन क्षेत्रमा राज गरिरहेकी गायिका विष्णु माझीले आफ्नो पारिश्रमिक झन् झन् बढाउँदै गएकी छिन् ।
हालै एक सर्जकले विष्णुलाई गीत गायनका लागि गरेको प्रस्तावमा माझीले ३ लाख पारिश्रमिक डिमान्ड गरेको बुझिएको छ । पछिल्लो समय केही व्यक्तिको प्रस्तावमा माझीले ३ लाखसम्म पारिश्रमिक डिमान्ड गर्ने गरेको जानकारी प्राप्त भएको छ ।
एक गीतकारले लोकान्तरसँग भने, ‘मैले २ वटा गीतका लागि उनलाई गरेको प्रस्तावमा दुवैपटक ३ लाख भन्ने कुरा आयो । त्ययसपछि ब्याक भएँ ।’ त्यसो त हालै ‘ओर आइज प्रेम लाइदेऊ’मा माझीले २ लाख पारिश्रमिक लिएकी थिइन् । त्यस्तै पछिल्लो समय माझीले हरेकजसो गीतमा २ लाख पारिश्रमिक बुझ्दै आएको बुझिएको छ ।
यद्यपि, पछिल्लो समय ३ लाखसम्म पारिश्रमिक डिमान्ड गर्न थालेपछि विष्णुको रेट झन् महंगिएको बजारमा चर्चा छ ।
हजारौं गीतमा स्वर दिइसकेकी गायिका माझीको स्वर रहेको गीत ‘सालको पात टपरी’को चर्चासँगै उनले आफ्नो पारिश्रमिक ५० हजारदेखि बढाएर १ लाख पुर्याएकी थिइन् ।
त्यसपछि उनले निरन्तर ५० हजारको दरमा आफ्नो पारिश्रमिक बढाउँदै गएकी छिन् । लामो समयदेखि गायन क्षेत्रमा सक्रिय गायिका माझी भने गुमनाम रूपमा गीत गाउँदै आएकी छिन् । स्वयं माझीलाई गीत गाउन दिने सर्जकले समेत माझीको अनुहार देख्न पाउँदैनन् ।
नेपालका अधिकांश गायक, गायिका तथा सजर्कहरूसँग माझी सम्पर्कविहीन हुने गरेकी छिन् । उनी १० वर्षदेखि कुनै मिडियामा अन्तर्वार्ता समेत दिएकी छैनन् ।
विष्णुलाई लिएर गीत रेकर्ड गराउँदै आएका सजर्कहरूले विष्णुको रेट बढेसँगै अबका दिनमा सोच्नुपर्ने बेला आएको गुनासो गरेका छन् । स्रोत लोकान्त्रर
Comments are closed.