Nepal's First Video FM

घर ज्वाई बसेका भिनाजुले लकडाउनमा साली भगाएपछि !

476

काठमाडौं, १४ मंसिर । कोरोनाका कारण लकडाउन भएपछि ससुराली बसेका एक व्यक्तिले सालीलाई भगाएका छन्। भारतको मध्य प्रदेशको विदिशा जिल्लामा यस्तै घटना भएको छ।

नटेरनको पमारिया गाउँमा लकडाउनका कारण कम बन्द भएपछि ति व्यक्ति दुई महिनादेखि ससुरालीमा बसेका थिए। यहिबीचमा १७ वर्षिया सालीसँग ति व्यक्तिको प्रेम बसेको थियो। परिवार र उनकी पत्नीलाई उनीहरु नजिकिएको देखिपछि शंका भएको भए पनि उनले साली आफ्नो बहिनी जस्तो भएको बताएका थिए। एक हप्ता पहिले साली भएका उनलाई तीन दिन पछि प्रहरीले पक्राउ गरेको छ।

भोपालको गौतम नगर बस्ने बृजेश अहिरवारले ५ वर्ष पहिले पमरियाकी रिंकीसँग बिहे गरेका थिए। उनीहरुका दुई सन्तानसमेत छन्।

नटेरन थानामा यसको उजुरी परेको छ। थानामा दुबै पक्षलाई राखेर प्रहरीले सम्झाएको थियो। त्यसपछि साली आफ्नो घर र बृजेश आफ्नो घर गएका थिए। बृजेशले श्रीमती र बच्चासमेत घर लगेका थिए।स्रोत नागरिक

You might also like

Comments are closed.