काठमाडौं, । नेपालमा पहिलो पटक कुनै रोगविरुद्ध आयुर्वेदिक औषधिको ‘क्लिनिकल ट्रायल’ भैरहेको छ । कोरोना संक्रमणविरुद्ध प्रभावकारी मानिएको एक आयुर्वेदिक औषधिबारे अनुसन्धान अन्तिम अवस्थामा पुगेको स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।
कोरोना संक्रमितलाई प्रयोग गरिंदै आएको ४ वटा जडिबुटी मिलाएर बनाइएको बनेको यासमधु यास्टी डीटक्सन औषधिको प्रभावकारिताबारे बैज्ञानिक आधारहरु खोजी गर्दै अनुसन्धान भैरहेको छ ।
कीर्तिपुर आयुर्वेदिक अस्पतालमा यहीँ औषधिको सेवनले अधिकांशले ७ दिन मै कोरोना जितेको खबर न्यूज २४ ले बाहिर ल्याएपछि यो औषधिको चर्चा बढेको थियो ।
जेठी मधुको पाउडर र सुतो ,मरिच ,पिपला मिलाएर बनाएको त्रिकटुको मिश्रणलाई चिया जस्तै पकाएर दिनको २ पटक पिउने यो औषधिले कोरोना संक्रमण निको हुन सहयोग पुगेको दाबी आयुर्वेदिक चिकित्सकहरुको छ ।
त्यही कारण अधिकाश आयुर्वेदिक अस्पतालमा संक्रमितलाई यो औषधि दिन थालिएको छ । के बैज्ञानिक रुपमै यो आयुर्वेदिक औषधि कोरोना संक्रमणविरुद्ध प्रभाबकारी छ त ? छ भने कत्तिको प्रभावकारी छ ?
कोरोना संक्रमण भएकाहरुलाई गम्भीर बिरामी हुनबाट बचाउन यो औषधिको भूमिका कत्तिको छ त ? लगायतका प्रश्नको बैज्ञानिक उत्तर खोज्ने प्रयास अनुसन्धानमा गरिएको छ ।
झन्डै २ महिनादेखिको अनुसन्धानको नतिजा हेर्दा यो औषधिको प्रयोगले कोरोना संक्रमितलाई फाइदै पुगेको देखिएको छ । यद्दपि अन्तिम नतिजा आउन बाँकी छ ।
यदि यो अनुसन्धान सफल भए बैज्ञानिक प्रमाणसहित यो आयुर्वेदिक औषधि कोरोना संक्रमण बिरुद्ध प्रभावकारी मान्न सकिने छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अगुवाईमा काठमाडौं उपत्यकासहित जनकपुर प्रादेशिक अस्पताल, वीरगञ्जको कोभिड अस्पताल र रुपन्देहीस्थित भीम अस्पतालमा ५०/५० जना संक्रमित छुट्याएर आयुर्वेदिक औषधि यास्टी डीटक्सनको ‘क्लिनिकल ट्रायल’ भइरहेको छ ।
Comments are closed.