Nepal's First Video FM

श्रीलंकाको एउटा कारागारमा दङ्गा हुँदा आठ जनाको मृत्यु

293

श्रीलंकाको एउटा कारागारमा दङ्गा हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । माहारा कारागारमा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवा सुविधाको माग गर्दै प्रदर्शन गरेका थिए । बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीहरूबीच भिडन्त हुँदा ५० जना घाइते भएका छन । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीले जेलमा सुरक्षाकर्मीहरूले उच्छृङ्खल अवस्था नियन्त्रणमा लिन बल प्रयोग गरेको बताएका छन । दंगा फैलिएपछि सुरक्षाकर्मीहरूले बन्दीहरुमाथि गोली चलाएका थिए । दंगापछि कारागारमा सुरक्षा बढाउन विशेष तालिमप्राप्त कमान्डोहरूको टोली परिचालन गरिएको छ । दंगापछि कारागार परिसरमा ठूलो आगलागी भएको थियो । राजधानी कोलम्बोस्थित बन्दीहरूले वेलिकाडा जेलको छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका छन् । अन्य केही करागारमा पनि छाडन माग गर्दै प्रदर्शन हुँदै आएको छ ।

श्रीलंका जेलहरूमा अहिलेसम्म झन्डै एक हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । श्रीलङ्कामा १० हजार बन्दी राख्ने क्षमता भएका जेलहरूमा छब्बिस हजारसम्मलाई राखिएको छ । श्रीलंकामा २३ हजार ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । १ सय १६ जनाको मृत्यु भएको छ ।

You might also like

Comments are closed.