Nepal's First Video FM

प्रधानमन्त्री ओली पनि टिकटकमा

335

सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ओलीले पनि टिकटक एकाउन्ट खोल्नुभएको छ । उहाँले आइतबार ‘केपी शर्मा ओली अफिसियल’ नामक टिकटक एकाउन्ट खोल्नुभएको हो । उहाँको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ ।

ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकाउन्ट बनाउनेबारे छलफल भएको बताउनुभयाे । ‘टिकटकमा पनि एकाउन्ट खोल्ने कुरा भएको थियो, तर यसबारेमा मलाई विस्तृत जानकारी भएन, प्राविधिक सल्लाहकारहरुलाई थाहा हुनुपर्छ,’ थापाले भन्नुभयाे ।

प्रम ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ ।

You might also like

Comments are closed.