Nepal's First Video FM

कालिकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्दै रमेश प्रसाई

1,012

काठमाडौं । पछिल्लो समय ‘रिंकेबुङको राँगो’को गीतका कारणले चर्चामा रहेका गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले बिवाहमा परिणत गर्न लागेका हुन् ।

ताप्लेजुङ निवासी दृष्टिविहीन रमेश आफ्नो वाककलाका कारण चिनिएका हुन् । साथै, दुई महिना अगाडि इन्द्रेणीमा रमेश र कल्पना दाहालबीच चलेको रमाइलो दोहोरीले पनि निकै चर्चा पाएको थियो ।

उक्त दोहोरी गाएपछि रमेश र कल्पनाको नाम पनि जोडिएको थियो । यता कालिकोट डिल्लीकोटकी नन्दा सिंह पनि दृष्टिविहीन नै हुन् । उनले अनाथ असहाय बालबालिकालाई सहारा दिँदै आएकी छन् ।

उनले आफ्नो बाल्यकालकी साथी गीता बस्नेतसँग मिलेर अनाथ असहाय बालबालिकाहरुको हेरचाहका लागि काठमाडौंमा ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था चलाएकी छन् ।

You might also like

Comments are closed.