Nepal's First Video FM

कोरोना लागेका मानिसहरुको दाँत झर्न थालेपछि बैज्ञानिकहरु पनि छक्क !

271

काठमाडौँ । कोरोनाको संक्रमण भइसकेपछि केके समस्या हुन्छन् त्यस विषयमा वैज्ञानिकहरुले अहिले पनि अध्ययन अनुसन्धान गर्दैछन् । एक पटक संक्रमण पुष्टि भएको मानिसको फोक्सोमा समस्या देखिने भनेर वौनिकहरुले बताइरहँदा संक्रमितका दाँतमा पनि गम्भीर समस्या देखिने रहस्य पत्ता लागेको छ ।

न्युयोर्क टाइम्सका अनुसार संक्रमणपछि संक्रमितले कान कम सुन्ने र दाँत समेत झर्ने गरेको रहस्य पत्ता लागेको छ । समाचारमा जनाइए अनजुसार अमेरिकाको न्युयोर्कका ४३ वर्षीय व्यक्तिमा यस्तो समस्या देखिएको छ । उनले खाना खाएपछि खाइने ‘ब्रेथ मिन्ट’ खाएपछि दाँतमा अनौठो झट्का महसुस भएको बताए । दाँत छामेर हेर्दा हल्लिरहेको र आफूले मिन्टकै कारण त्यस्तो समस्या भएको अनुमान लगाएको बताए ।

तर, अर्को दिन उनको दाँत झर्यो ।यसरी दाँत झर्दा दुखाइ पनि नहुने र र-गत पनि नआउने गरेको पाइएको छ । उनी केहीदिन अघिमात्र कोरोना संक्रमित भएका थिए । उनले यस्तै समस्या भएका अन्य व्यक्ति पनि अनलाइनमा फलो गरेको जानकारी दिएका छन् । यसअघि कोरोनाका कारण दाँत झर्ने समस्या भएको पाइएको थिएन ।

उटाह विश्वविद्यालयका डा।डेभिड ओकानोले अचनक दाँत खस्नु आश्चर्य भएको भन्दै यसको असर दूरगामी हुनसक्ने भएकाले अनुसन्धान सुरु गरिएको बताएका छन् ।

अन्य विज्ञहरुले पनि यो विषयमा गम्भीर अनुसन्धान आवश्यक रहेकोमा जोड दिएका छन् । यसअघि सन् २०१२ मा गरिएको अध्ययन अनुसार पेरिओडेन्टल डिजिजका कारण पनि दाँत कमजोर भएर खस्ने कुरा पत्ता लागेको वैज्ञानिकहरुको अध्ययनबाट खुलेको छ । स्रोत OS Nepal

You might also like

Comments are closed.