पत्रकार ऋषी धमलालाई सोनिका रोकायले चुनौति दिंदै भनिन्,‘राजा फालिंदा रामाएर राजाको गद्यीमा बस्ने तपाईँ नै हैन ? रोकेर देखाउनुस् अब, राजा त आएआए’
काठमाडौं, युट्यूबर सोनिका रोकायले फेरी एकचोटी सामाजिक सञ्जाल तताएकी छिन् । उनले राजा त आउँछन् आउँछन् भन्दै भिडियो सार्वजनिक गरेर फेरी एकचोटी सोशल मिडियामा चर्चा बटुलेकी छिन् । विश्वभर फैलिएको कोरोना महामारीका कारण बैतडीमा रहेकी युट्यूबर सोनिका गाउँ गएदेखि आफुलाई आध्यात्मिक भएको बताउँदै आएकी छन् ।
तिनै सोनिकाले पछिल्लो भिडियो मार्फत राजालाई गद्यीबाट फालेको भन्दै विभिन्न दलहरुलाई गाली पनि गरेकी छन् । विशेष गाली उनले पत्रकार ऋषी धमलालाई गरेकी छिन् । उनले पत्रकार धमलासंगै सबैलाई राजा आउनेछन् रोक्न सकिन्छ भने रोकेर देखाउन पनि चुनौति दिएकी छन् । उनले भगवानसंग डराउन सबैलाई आग्रह गरेकी छन् ।
उनको भिडियोमा उनले पारसको बारेमा पनि धेरै कुरा बोलेकी छन् । उनले पारससंग संगत गर्दा पारस देश र जनताको विषयलाई सोंचेर एक्लै एक्लै रुने गरेको पनि बताएकी छन् । उनले पारस रोएको फुटेजहरु आफुले सुटुक्कै खिचेको कुरा पनि उक्त भिडियोमा गरेकी छन् । साथै उनले पहिला आफुले बाटो बिराउँदा मानिसहरुले गरेको गालीलाई सहन गाह्रो हुन्थ्यो भने राजा र पारस सरकारलाई त जीवन भरी राजगद्यीबाट बाहीरिनु परेको छ । यस कुराले कति पिरोलेको होला भन्दै राजाको मनोभावनालाई बुझिदिन पनि आग्रह गरेकी छन् । स्रोत ताजा खबर
भिडियो
Comments are closed.