Nepal's First Video FM

३ घन्टा प्रहरी नियन्त्रणमा बसेपछि रिहा भए , सरकारले शक्ति दुरूपयोग गर्‍यो : रामचन्द्र पौडेल

513

काठमाडौं, १७ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँले रिहा गरेको छ। बुधबार साँझ पौडेल रिहा भएका हुन्।

तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट पौडेललाई प्रहरीले पक्राउ गरेको थियो। उनले कोणसभामा बोल्दै बिहीबार बिहान पुल उद्घाटन गरिने जानकारी गराएका छन्।

उनले सरकारले शक्ति दुरूपयोग गरेको प्रतिक्रिया दिएका छन्। पौडेललाई बुधबार दिउँसो निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न गएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो।

You might also like

Comments are closed.