Nepal's First Video FM

श्रीदेवीलाई अन्तिम श्रद्धाञ्जली दिन शुभचिन्तकहरुको घुइचो

939

फागुन १६, दिवङ्गत अभिनेत्री श्रीदेवीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न उनका प्रशंसकहरू भारतको मुम्बईमा भेला भएका छन् । मङ्गलवार राति उनको शवलाई दुबईबाट भारत ल्याइएको थियो ।

हाल उनको शवलाई उनको घरनजिकैको एउटा क्लबमा राखिएको छ । हातमा गुलाफका फूल लिएका प्रशंसकहरु उनको अन्तिम बिदाइकाका लागि उक्त क्लब नजिक जम्मा भएका छन् ।

गत शनिवार दुबईमा उनको निधन भएको थियो । उनको अन्त्येष्टि बुधवारै गरिनेछ । उनको अन्त्येष्टि उच्च सम्मानका साथ गरिनेछ । ‘अचेत भएपछि दुर्घटनावश डुबेर’ चवन्न वर्षीया श्रीदेवीको मृत्यु भएको दुबई प्रहरीको भनाइ रहेको छ ।

उनलाई होटलको स्नानगृहमा रहेको बाथटबमा भेटिएको थियो । वितेका पाँच दशकमा उनले करिब तीन सय चलचित्रमा अभिनय गरेकी थिइन् ।

बीबीसीबाट साभार 

You might also like

Comments are closed.