काठमाडौं, गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको लोकदोहोरी गीत ‘फुटेका चुरा’को म्यूजिक भिडियो युट्युब ट्रेन्डिङको २ नं परेको छ । सोमबार साँझ सार्वजनिक उक्त गीतको ‘भ्यूज’ झन्डै ७ लाख को नजिक पुगेको छ ।
गीतको म्यूजिक भिडियोमा गायक सपुतसँगै कलाकार नम्रता श्रेष्ठ, कविता नेपाली, गायिका चलाउने र नीरज पन्थीको अभिनय छ ।
गीतमा गायक सपुतकै शब्द र सङ्गीत छ । भिडियोको निर्देशन पनि सपुत आफैँले गर्नुभएको छ । गायक सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भिडियो निर्माण पक्ष पनि उत्कृष्ट छ ।
Comments are closed.