Nepal's First Video FM

श्वेताको विवाह मङ्सिर २२ मा पक्का

627

काठमाडौँ , अभिनेत्री श्वेता खड्काको विवाह हुने भन्न्ने हल्ला केही अगाडी देखि नै चलिरहेको थियो। तर श्वेता आफ्नो विवाहको बिषयमा मौन थिइन्। अब भने श्वेताको विवाह हुने पक्का भएको प्रमाण बाहिरिएको छ।

श्वेताले यहि मङ्सिर २२ मा विवाह गर्ने भएकी छिन्। केटा तर्फबाट बाढिएको कार्ड बाहिरिदा श्वेताको विवाहको हल्ला सत्यतामा परिणत भएको हो। कार्डका अनुसार श्वेताको दुलाहाको नाम विजयेन्द्रसिंह रावत हो।

श्वेताले अभिनेता श्रीकृष्ण श्रेष्ठसंग पहिलो विवाह गरेकी थिईन्। विवाहको एक महिनामै श्रीकृष्णको निधन भएको थियो। श्वेताको यो दोस्रो विवाह हुनेछ। यो विवाह श्वेताले गोकर्ण फरेस्ट रिसोर्टमा गर्ने बुझिएको छ।

You might also like

Comments are closed.