Nepal's First Video FM

ठमेलका व्यवसायी आन्दोलित

496

रात्रिकालीन होटल व्यवसाय खोल्न माग राख्दै ठमेलका व्यवसायीले मौन आन्दोलन शुरु गरेका छन् । कोभिड संक्रमणको जोखिमका कारण आठ महिनादेखि व्यवसाय बन्द हुँदा मारमा परेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् ।

काठमाडौँ उपत्यकाको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा बन्दाबन्दीका कारण व्यापार ठप्प भएको छ । अरु सवै व्यवसायी खुले पनि रात्रीकालीन होटल भने अझै पनि सरकारले रोक लगाएका कारण ठमेल क्षेत्रका व्यवसायीहरु सडकमा निस्कीएका हुन् ।

नौ महिनादेखि व्यवसाय बन्द हुँदा ठमेल क्षेत्रमा कार्यरत कर्मचारीका साथै व्यवसायी नराम्ररी प्रभावित बनेका छन् । जोखिम कायमै रहेको सरकारी भनाइका कारण अब कहिले खुल्छ भन्ने पनि टुंगो छैन । आन्तरिक तथा बाह्य पर्यटकका लागि ठमेल रात्रीकालिन बजार हो । ठमेलमा बन्दाबन्दी अगाडि प्रत्येक दिन मानिसहरु खचाखच नै हुन्थे । अब पनि व्यवसाय सूचारु गर्न नपाए रोगले भन्दा भोकले मर्नुपर्ने स्थिति आउने व्यवसायीहरु बताउछन । ठमेलको रात्रीकालिन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न व्यवसायीहरुले माग छ ।

सबै आधिकारीक निकायमा ज्ञापन पत्र बुझाउँदा समेत सुनुवाई नभएकाले विरोध प्रदर्शनमा आउन बाध्य भएको पनि व्यवसायीहरुको भनाई छ ।

You might also like

Comments are closed.