Nepal's First Video FM

आज एकैदिन १६ सय रुपैयाँले बढ्यो सुनको भाउ !

532

काठमाण्डाै – सुनको भाउ आज एकैदिन १६ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा पुगेको छ ।

गएको सोमबार भाउ घटेर तोलाको ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य फेरि बढ्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुन आज २५ डलरले महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन आज प्रतिऔँस १८ सय ३६ डल र पुगेको छ ।

डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएकाले नेपाली बजारमा सुनको भाउ बढेको शाक्यले बताउनुभयो । यस्तै आज चाँदी पनि भाउ बढेर १२ सय ५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलामा ११ सय ८५ रुपैयाँ थियो ।

You might also like

Comments are closed.