काठमाडौं, मंसिर १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीमाथि गम्भीर आरोप लगाउनुभएको छ ।
ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको गम्भीर आरोप नेता पौडेलले लगाउनुभएको हो । उनले अघि भने, ‘जोसमा आएर झापा काण्ड घटिहाल्यो, भुटन चौधरीको हत्या भइहाल्यो । अनि जेल परिहाल्यो । यो लोकतन्त्रका लागि हो ? केपी ओली मेरो अगाडि कुरा गरुन।’
बुधबार गृहजिल्ला तनहुँमा व्यास नगरपालिकाको बुल्दीखोला पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले पौडेललाई पक्राउ गरेको थियो । बिहीबार सोही पुल उद्घाटन गर्दै पौडेलले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका छन् ।
प्रधानमन्त्री ओलीमाथि आरोप लगाउँदै नेता पौडेलले बयलगाडा चढेर गणतन्त्र आउँदैन भन्ने मान्छे राष्ट्रवादको हिरो बन्न खोजेको बताउनुभयो । उहाँले कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित नभएकाले लोकतन्त्र सुरक्षित गर्ने आन्दोलनको शुरुवात भएको पनि पौडेलको भनाइ थियो ।
Comments are closed.