१९ मंसिर, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध २९ मंसिरमा देशभर प्रदर्शन गर्ने भएको छ , शुक्रबार बसेको कांग्रेसका शीर्ष नेतासहितको पदाधिकारी बैठकले दुई दिन अघि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रशासनले हिरासत लिएको घटनाको विरोधमा देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।
कोभिड-१९ रोकथाम, तनहुँ घटनाका तथा उपचारमा अव्यवस्थापन र भ्रष्टाचारको मुद्दालाई लिएर, प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध २९ मंसिरमा देशभर प्रदर्शन गर्ने भएको हो ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृहजिल्ला तनहुँमा निर्माण सम्पन्न भएको पुल उद्घाटनका क्रममा प्रशासनले तीन घण्टा हिरासत लिएपछि कांग्रेस सरकारविरुद्ध आक्रामक बनेको हो ।
त्यस्तै कांग्रेसले सरकारले तत्काल संसदको नियमित अधिवेशन नबोलाए विशेष अधिवेशनका लागि पहल गर्ने निर्णय समेत गरेको छ ।
Comments are closed.