Nepal's First Video FM

भब्या महलमा खिचिएको नायक पल शाह र सिक्किमकी सुन्दरी छुकिला शेर्पाको ‘मैसाब’

565

काठमाडौं, गायक तथा संगीतकार दाजुभाइ सत्यराज र स्वरूपराज आचार्यको स्वर तथा संगीतमा ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’ बोलको कवाली फ्लेवरको गीत दर्शकमाझ आएको एक साता भयो । एक सातामा यो गीतले ६ लाख भन्दा बढी भ्यूज पाएको छ ।

राज खानदानमा प्रयोग हुने उच्च आदरार्थी शब्दले भरिएको गीतको भिडियो कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा तयार भएको हो। बिहेका लागि राजकुमारी हेर्न पुगेका दुई राजकुमारको प्रवेशपछि दरारमा चलेको कवालीमा नायक पल शाह दोहोरो भूमिकामा छन्। पलले राजकुमार दाजुभाइको भूमिकामा अभिनय गरेका छन्। राजकुमारीको भूमिकामा सिक्किमकी सुन्दरी छुकिला शेर्पा देखिएकी छन्।

भिडियोमा होटल याक एन्ड यतीलाई दरबारको रूपमा प्रस्तुत गरिएको छ। भिडियोमा सयभन्दा बढी कोरस प्रयोग गरिएको छ। भिडियोमा गायक दाजुभाइ पनि देखिएका छन्। सुदीप बरालले छायांकन गरेको भिडियोमा आलिया गिरीको डिजाइन प्रयोग भएको छ।

यो भिडियोमा कैलाश राइले लगानी गरेका छन् । भिडियोमा भव्यता देखाउन कैलाशले कुनै पनि कञ्जुस्याँई गरेका छैनन् । सार्वजनिक भएको एक सातामा यो गीतले ६ लाख भन्दा बढी भ्यूज पाएको छ । यो गीतको चर्चा जतिहुनुपर्ने हो, त्यो अनुसार भएन । २० हजार दर्शकले लाइक गरेको भिडियोमा २ हजार प्रतिक्रिया आएका छन् ।

You might also like

Comments are closed.