काठमाडौं, १९ मंसिर । नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ युटुबमा रिलिज गरिएको छ । ओएसआर डिजिटल नामक युटुब च्यानलबाट यो चलचित्र आज सार्वजनिक भएको हो ।
गत बर्ष रिलिज भएको चलचित्रमा अनमोल पहिलो पटक फुटबल खेलाडीको भूमिकामा देखिएका छन् । गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा ‘क्याप्टेन’ मा रहेको छ । भूवन केसीको लगानीमा तयार भएको यो चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् ।
यस चलचित्रमा नायक अनमोलले दुई नव-अभिनेत्रीसँग स्क्रिन साझेदारी गरेका छन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् ।
सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार लगायतका कलाकारको अभिनय छ । चलचित्रको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् । यस चलचित्रको एक गीतमा अभिनेत्री निरुता सिंहको अभिनय रहेको छ ।
फुटबलको कथालाई उठान गरेको यो चलचित्रमा नायक अनमोल केसी फुटबलरको भूमिकामा देखिएका छन् ।
Comments are closed.