Nepal's First Video FM

प्रकाश सपूत , वर्षा र केकीको ‘परदेशी २’ छायांकन धमा धम

386

काठमाडौं, १९ मंसिर । २०७२ सालमा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘परदेशी’ को सिक्वेल , फिल्म ‘परदेशी २’ को छायांकन सुरु सुरु भएको छ। मंसिर ११ गतेदेखि फिल्मको पाल्पाबाट छायांकन सुरु भएको थियो । पाल्पाको छायांकन सकेर निर्माण टिम बुधवार चितवन फर्किएको छ ।

यो फिल्मको छायांकन अन्तिम चरणमा पुगेको निर्देशक नारायण रायमाझीले बताएका छन् । चितवनपछि फिल्मको केही सिन जनकपुरमा खिचिनेछ ।
फिल्ममा वर्षा सिवाकोटी दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, प्रकाश सपूत, केकी अधिकारी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लूलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

रमेश विजीले तयार पारेको कथामा निर्माण भइरहेको फिल्मलाई निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेका हुन् । कोरोना महामारीका कारण यो फिल्मको छायांकन ८ महिना रोकिएको थियो ।

‘परदेशी २’ मा विभिन्न कारणले विदेशिन बाध्य नेपालीहरुको कथालाई समेटिएको रायमाझीले बताए । फिल्मको केही प्रतिशत छायांकन अमेरिकामा गर्नुपर्ने भए पनि कोरोना भाइरसका कारण विदेशमा छायांकन सम्भव नभएपछि नेपालमै सेट लगाएर खिच्ने तयारी भइरहेको जानकारी प्राप्त छ ।

You might also like

Comments are closed.