काठमाडाैं, २० मंसिर । केही दिन देखी देशका बिभिन्न शहरमा राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा राजसंस्था पुनस्र्थापना र्याली प्रर्दशन भइरहेका छन् । गणतन्त्रमाथि खतरा देखेर होला सरकारले प्रदर्शनमा कठोर बन्ने संकेत देखाएको छ । यसले अहिलेको व्यवस्थाविरुद्ध लाग्नेहरुलाई नै थप बल पुग्नेमा भने सरकारले विचार नगरेको देखिन्छ ।
‘राष्ट्रवादी नागरिक’ को नाममा हुने गरेका प्रदर्शनको पछाडि केकस्ता व्यक्ति, संघसंस्था क्रियाशील छन् अनुमान गर्न गारो छैन । तर संस्थागत संलग्नता अहिलेसम्म कसैको देखिएको छैन । यस्ता आन्दोलनमा आवश्यकता भन्दा बढी बल प्रयोग गरिँदा बिस्फोट भएका प्रशस्तै उदाहारण छन् । त्यसो गर्दा अन्तत आन्दोलनकारीलाई नै फाइदा पुग्ने गर्छ ।
केही स्थानमा केही हजारको जुलुश निस्किदैमा गणतन्त्र समाप्त भएर मुलुक पुनः राजतन्त्रमा नै फर्किन्छ भनेर सोच्नु हतार हुन सक्छ । व्यवस्था त्यति सजिलै र सहजै परिवर्तन हुने विषय नै हैन । तर, लगभग असफल भएको शासकहरुको मनोबल यति कमजोर हुन्छ कि आफूविरुद्ध कोही संगठित भए भने उनीहरुलाई निद्रा लाग्न छाड्छ र दमनमा उत्रिन्छ । सर्वत्र निराशा छाएर उकुसमुकुस हुन थालेपछि नागरिक सडकमा आउनु र व्यवस्था परिवर्तन हुनु फरक कुरा हुन् । तर नागरिकका निराशा डढेलो सरह फैलिनुपूर्व नै राज्यले सम्बोधन गर्ने कौशलता देखाएन भने चाहिँ त्यो आन्दोलन व्यवस्था परिवर्तनको वाहक बन्दैन भन्न चाहिँ सकिँदैन ।
राजतन्त्र जुन कारणले आलोचित थियो वा नागरिकलाई जे बुझाइयो र राजतन्त्र विरुद्ध आन्दोनलमा उभ्याइयो, अहिले गणतन्त्र त्यो भन्दा कम बद्नाम छैन । नत्र, २ सय ४० वर्षको राजतन्त्र फ्याँक्न तयार जनता १२ वर्षमै सोही व्यवस्थाको माग गरेर सडकमा आउने थिएनन् । समस्या गणतन्त्रमा हैन त्यसका सञ्चालकमा हो भनेर त भन्न सकिएला, तर सत्ताको बागडोर सम्हाल्ने व्यक्ति विशेषको अलोकप्रियताको शिकार कहिलेकाहीँ सिंगो शासन व्यवस्था हुने पनि गरेको छ ।
नागरिकलाई केन्द्रमा राखेर शासन चलाउनु पर्नेहरु आफैंलाई केन्द्रमा राखेर निर्णय गर्न थालेपछि नागरिकले विकल्प खोज्छ भन्ने सामान्य नियम हो । त्यसैले अहिले राजसंस्था फर्काउन गरिएका प्रदर्शनबाट आत्तिएर गणतन्त्र समाप्त हुने भयो भनेर दमनमा उत्रिनुभन्दा दलहरु आफू सच्चिनेतर्फ लाग्नु नै उत्तम हुन्छ । राज्यशक्तिको दुरुपयोग र दोहन राजा र वरपरका सीमित व्यक्तिले गरे र नागरिकलाई रैती बनाए भनेर राजतन्त्रको जग उखेलकाहरुले दलका नेताहरुलाई पनि त्यही हालतमा नपु¥याउलान् भन्न सकिँदैन । श्रोत एभीन्युज ।
Comments are closed.