Nepal's First Video FM

तातोपानी पिउदाका फाईदै फाइदा , दिनभरमा कती लिटर पानी पिउनु हुन्छ ?

450

काठमाडौँ, २० मंसिर । हाम्रो शरिरलाई स्वास्थ राखिराख्न पानीको महत्वपुर्ण भुमिका हुन्छ । हामिले प्रशस्त पानी पिएमा शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न सकिन्छ ।

हामिले नियमित तातोपानी पिएमा शरिरलाई धेरै नै फाइदा हुन्छ । स्वास्थ्य मात्रै होइन आफ्नो सौन्दर्यलाई निखार्न पनि तातोपानीले सहयोग गर्छ । शरिरलाई स्वस्थ राख्न दिनभरमा आठ–दश लिटर पानी पिउनु पर्दछ ।

चिसो पानीको साटो तातोपानी पिएमा बढी लाभ मिल्ने विज्ञको सुझाव पनि छ । यसले पाचन प्रणालीलाई ठीक अवस्थामा राख्न सहयोग गर्छ । खाना पचाउन र रक्त सञ्चालन प्रक्रियालाई ठीक अवस्थामा राख्न पनि यसल्े सहयोग गर्छ ।

गर्मी होस् या सर्दी, हरेक मौसमको बिहान खालीपेटमा हल्का तातो पानी पिउनु राम्रो हुन्छ । तातोपानी पिउनाले वजन कम गर्न पनि निकै ठूलो भूमिका निर्वाह गर्छ । तातोपानीले शरीरभित्र जमेर रहेको विषालु तत्वलाई बाहिर निकाल्न मद्दत गर्दछ ।

यसको सेवनले थकाई मेटाउन सहयोग गर्छ । नियमित तातोपानी पिएमा सधै फ्रेस देखिन्छ । छाला सम्बन्धी विरामीलाई समेत तातोपानीले फाइदा गर्छ । रुघाखोकी पनि लाग्दैछ । मृगौलालाई राम्रो बनाउनको लागि नियमित विहान र बेलुका एकएक पटक मनतातोपानी पिउनु राम्रो हुन्छ ।

मनतातो पानीको सेवन गरेमा हाड जोर्नीको दुखाई कम गर्छ । स्वास तथा मृगौला सम्बन्धी रोग छ भने नियमित तातोपानी पिएमा फाइदा हुन्छ । यसले वजन कम गर्न पनि सहयोग गर्छ ।

You might also like

Comments are closed.