Nepal's First Video FM

चर्चित मोडल रेश्मा घिमिरेले अमेरिकामा बस्ने प्रभात सँग गरिन् इन्गेजमेन्ट

435

काठमाडौं । टिकटकमा निकै नै चर्चा पाएकी मोडल रेश्मा घिमिरेले इन्गेजमेन्ट गरेकी छिन् । जानकारी अनुसार उनले विराटनगरमा रहेको एक होटलमा बुधबार इन्गेजमेन्ट गरेकी हुन् ।

अमेरिकामा रहेर अध्ययन गरिरहेका प्रभात बाबुसँग उनले इन्गेजमेन्ट गरेको जानकारी दिइएको छ । रेश्माले दुबै परिवारका सदस्यहरु विदेशमा कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएका कारण आएपछि मात्रै विहे हुनेछ ।

उनका अनुसार अझै केही महिना लाग्न सक्ने देखिएको छ । अमेरिकामा रहेर चिकित्सा विज्ञान अध्ययनरत प्रभात एक महिना अगाडि नेपाल आएका हुन् ।

उनीहरुको २ बर्ष अगाडिदेखि चिनजान भएको हो । रेश्मा पछिल्लो समयमा म्यूजिक भिडियोमा चर्चित छिन् ।
हेर्नुहोस् सुन्दर तस्बिर हरु ..

You might also like

Comments are closed.