झापा : राजसंस्था, हिन्दुराष्ट्र स्थापना र संघीयता खारेजीको माग गर्दै झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हजारौँ युवालाई सडक प्रदर्शनमा उतारेको छ।
प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै राप्रपाका प्रतिनिधिसभा सदस्य राजेन्द्र लिंङ्देनले यो कास्टिङ मात्र भएको बताए। काँकड्भिट्टाबाट सुरु भएको र्यालीलाई विर्तामोडमा सम्बोधन गर्दै लिङ्देनले भने, ‘यो प्रदर्शन कास्टिङ मात्र हो। क्लाइमेक्स आउन बाँकी छ।’
नेता लिङ्गदेनले प्रधानमन्त्री केपी ओली मात्र नभएर अहिलेको व्यवस्थानै असफल भएको आरोप लगायका छन्। उनले नेकपा अध्यक्ष ओली र प्रचण्ड जनताको भविष्य बर्बाद पार्न लागेको आरोप लगाए।
‘यो देश अहिलेको व्यवस्थाले बिग्रियो भने केपी ओली र प्रचण्ड लगायतका नेतालाई केही फरक पर्दैन’, उनले भने, ‘जनताको वर्तमानदेखि भविष्य समेत बर्बाद पार्ने सुरमा नेता लागेका छन्।’
लिङ्गदेनले अब राजसंस्था र हिन्दुराष्ट्र सबैको साझा भएको बताए। ‘हिन्दुराष्ट्र कुनै जात विशेषले मान्ने नभएकाले सबै नेपालीलाई बाध्ने एक मात्र शुत्र हिन्दुराष्ट्र हो’, उनले भने।
शनिबार दिउँसो ३ बजे काँकरभिट्टाबाट सुरु भएको प्रदर्शनमामा १५ वटै स्थानीय तहबाट राप्रपाका कार्यकर्ता काँकडभिट्टामा भेला भएका थिए।
यस्तै राजतन्त्र र हिन्दूराज्यको माग गर्दै आयोजना गरिएको प्रदर्शनमा चितवन रआसपासका जिल्लाका युवाहरुको सहभागीता रहेको थियो । संघीयता खारेजीको माग गर्दै राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएका राजावादीले ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ लगायतका नारा लगाएका थिए ।
राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर अंकित ब्यानरसहित भेला भएका उनीहरूले धर्मनिरपेक्षताका विरुद्ध समेत नाराबाजी गरेका थिए । दुई तिहाइको नेकपाको सरकारबीच द्वन्द्व चलेको फाइदा उठाउँदै राजावादीको नाममा प्रदर्शन गर्न थालेपछि सरकारमाथि दबाब बढेको छ ।
Comments are closed.