Nepal's First Video FM

नम्रता श्रेष्ठ बनिन् मिस नेपाल वर्ल्ड २०२०

414

काठमाडौं । कोरोना महामारीबीच चलेको मिस नेपाल वर्ल्ड २०२० को अन्तिम नतिजा आएको छ । नम्रता श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०२०’ बन्न सफल भएकी छिन् । सबै प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी मिस नेपाल बन्न सफल भएकी हुन् ।

उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’ की अनुष्का श्रेष्ठले ताज पहिराएकी छिन् । यसैगरी मिस नेपाल सुप्रानेसनल २०२० को ताज सिमल कनौजियले पाएकी छन भने सन्ध्या शर्माले मिस नेपाल इन्टरनेसनल २०२० को ताज पाएकी छिन् । अर्कोतिर मिस नेपाल अर्थ २०२० को उपाधि सुप्रिया श्रेष्ठले प्राप्त गरेकी छिन् ।

मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठ विजेता भएकी हुन् । तपाईंलाई जानकारी गराउ कि उनी पेशाले किनरगार्डेन शिक्षीका हुन् ।

अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ रु भनेर प्रश्न गरिएको थियो ।

नम्रता श्रेष्ठले उनले यो प्रश्नमा आफूले तराई क्षेत्रमा कुरितीका रुपमा रहेको दाइजोप्रथा हटाउन छोरीलाई शिक्षामार्फत सशक्तीकरण गर्ने बताएकी थिइन् ।

तस्विर सौजन्य : Miss Nepal

You might also like

Comments are closed.