Nepal's First Video FM

डोटीमा जिप दुर्घटना ४ जनाको मृत्यु

375

डाेटीकाे बाेटगान फुड्सिल गाँउपालिकामा जिप दुर्घटना हुदाँ २ सरकारी कर्मचारी सहित ४ जनाकाे मृत्यु भएकाे छ भने ४ जना घाइते भएका छन् । डाेटीकाे दिपायलबाट चवराचौतारा जाँदै गरेको म १ च ५५० नम्बरको जिप साेहि गाउपालिकाकाे वडा नं-७ मा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौतारामा वडा सचिवकाे रुपमा कार्यरत २८ बर्षकी नायब सुब्बा मञ्जु त्रिपाठी, उनकी सासू आमा, त्रिपाठीकाे ३ बर्षिया छाेरा र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका वडा नं ४ चनेकेसैन निवासी कृर्षि प्राबिधिक हरि भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए ।

घाइते हुनेहरूमा ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट र चालक कैलाश बम रहेका छन् ।

कच्ची सड्कमा जिप भिरबाट करिब २०० मिटर तल खसेकाे जनाइएकाे छ। गएराति करिब एक बजे जिप दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

You might also like

Comments are closed.