Nepal's First Video FM

नम्रता श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०२०’ बन्न सफल

486

यस वर्षको मिस नेपालको उपाधि नम्रता श्रेष्ठले हात पारेकी छन् । शनिबार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै २३ वर्षीया श्रेष्ठले ‘मिस नेपाल वल्र्ड २०२०’ को उपाधि हात पारेकी हुन् । नम्रताले अब मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् । यस्तै मिस नेपाल सुप्रानेसनल उपाधि सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल उपाधि सन्ध्या शर्मा र मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले जितेका छन् ।

विजेता नम्रताले यसअघि मिस नेपाल २०१६ मा पनि सहभागिता जनाएकी थिइन् । त्यसबेला उनी शीर्ष पाँचसम्म पुग्न सफल भएकी थिइन् ।

You might also like

Comments are closed.