Nepal's First Video FM

कां‌ग्रेस संसदीय दलको निर्वाचनमा देउवा र नेता सिंह मैदानमा

820

फाल्गुन १६, नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह मैदानमा उत्रिने करिब पक्का पक्की भएको छ ।

बुधबार महामन्त्री शशांक कोइरालाले टोखास्थित निवासमा होलीका अवसरमा आयोजना गरेको दिवा भोजमा पुगेका दुवै नेताले संसदीय दलको नेताका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

शशांक मध्यमार्गी बाटोमा

दुवै नेताले उम्मेदवारी घोषणा गरिरहँदा महामन्त्री कोइरालाले भने आफूले पार्टीमा कुनै फुट आउन नदिने भन्दै मध्यमार्गी बाटो अपनाए । दिवा भोजमा पुगेका सभापति देउवाले कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी घोषणा गरेपछि सिंहले पनि आफूलाई मैदानमा उतारेका हुन् ।

उता नेता सिंहले आफूले कांग्रेसको राजनीतिमा आजसम्म कहिल्यै नहारेको बताउँदै संसदीय दलको चुनावमा पनि जित्ने दाबीसहित उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

महामन्त्री कोइरालाले राष्ट्रियसभा र प्रतिनिधिसभामा निर्वा्चित कांग्रेसका सांसदहरुलाई दिवाभोजका लागि बोलाएको भेला नै गुटमा विभाजित थियो । ‘मैले आजसम्म चुनाव हारेको इतिहाँस नै छैन, म सं‌सदीय दलको चुनाव लड्छु’, सिंहले भने ।

देउवाले उम्मेदवारी घोषणा गर्नु उनको अधिकार भन्दै सिंहले आफुले जित्ने दाबी गरे । ‘पार्टीले निर्वाचन समिति बनाइसकेको छ, देउवाले पनि घोषणा गर्नु भयो, त्यो उहाँको अधिकार पनि हो,’ सिंहले पत्रकारसँग भने ।

सर्वसम्मतको लबिङ

उता महामन्त्री कोइरालाले पनि संसदीय दलको नेता बन्ने इच्छा देखाएका छन् । तर उनी आफू सर्वसम्मतको पक्षमा छन् । संसदीय दलको नेता सर्वसम्वत हुनका लागि लबिङ गर्न यो दिवा भोज गरिएको दाबी एक कांग्रेसका सांसदले गरेका छन् ।

उनले घुमाउरो भाषामा पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानुपर्ने बताउँदै सर्वसम्मतको लबिङ गरेका हुन् । महामन्त्री कोइरालाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्नुपर्ने पनि बताए । बताउनुभएको हो ।

उनले पार्टीभित्र देखिएको दुर्दशाले कांग्रेसलाई फाइदा नपुग्ने भन्दै सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘म पार्टी एकढिक्का भएर अगाडि बढाउन चाहन्छु,’ संसदीय दलमा सर्वसम्मतको लबिङमा रहेका उनले भने ।

दिवाभोजमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, डा प्रकाशशरण महत, दिलेन्द्रप्रसाद बडू, आनन्द ढुंगाना, मानबहादुर विश्वकर्मा, एनपी साउद, चन्द्र भण्डारी, प्रदीप पौडेल, कल्याण गुरुङ र दीपक खड्कालगायत नेता पुगेका थिए ।

You might also like

Comments are closed.