निर्घात कुटिइन स्वास्थ्य स्वंयसेविका प्रहरीकहाँ पुग्दा पनि न्याय नपाएको गुनासो ! यसरी कुटपिट भएको रहेछ !
ओखलढुंगा : स्वास्थ्य स्वयंसेविका कुटिएको एक महिना भइसक्दा पनि न्याय नपाएपछि उनका आफन्तले घटनाको भिडियो सार्वजनिक गरेका छन्।
मोलुङ गाउँपालिका–८ की स्वास्थ्य स्वयमसेविका कृष्ण कुमारी राईलाई आमा समूहको बैठक बसिरहेको अवस्थामा केही मानिसले निर्घात कुटपिट गरेका थिए। घटनाको महिना दिन बितिसक्दा पनि न्याय नपाएपछि आफन्तले घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजानिक गरेका हुन्।
मोलुङ–८ मा कात्तिक १५ गते उनीमाथि कुटपिट भएको थियो। राईलाई निर्घात कुटपिट गर्नेहरु निर्धक्क भएर बसिरहेका आफन्तको आरोप छ। बैठकमा त्यहीँका मनिता राई, राजन राई र राजवीर राई मिलेर कुटेका थिए।
गम्भीर घाइते राईलाई जिल्ला सदरमुकाममा रहेको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो। कार्तिक १७ गते उनका श्रीमान् भक्तराज र बाँसबारी स्वास्थ्य आमा समूह राँगादीपले कार्तिक २१ गते जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा जाहेरी दिएका थिए। तर दिइएको दुई वटा निवेदन प्रहरीले दर्ता नगरेको पीडित राई परिवारको गुनासो छ।
प्रहरीलाई जानकारी नै नदिई पीडितलाई उपचारारार्थ विराटनगरको बिएण्डसी अस्पताल लगिएको र झडपको विषयमा पछि मात्र थाहा भएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्का बताउँछन्।
पीडक भनिएकी मनिता राईको झडपकै कारण दुई महिनाको गर्भपतन भएको भनी प्रहरीको उल्टै निवेदन आएपछि मिलापत्र हुन नसक्दा दुवै पक्षलाई अदालत जान सल्लाह दिइएको खड्काले बताए।
पीडित कृष्ण कुमारी राईले न्यायका लागि इलाका प्रहरी कार्यलय रामपुर र जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दिए पनि प्रहरीले राजनीतिक दबाबका कारण निवेदन दर्ता नगरेको श्रीमान भक्तले बताए।
पीडित परिवारले पीडकहरुलाई पक्राउ गरी कानुनी दायरामा नल्याउनुको साटो मिलाउन खोजेकाले आफूहरुले न्याय नपाएको भक्तराजले बताए। श्रोत थाहा खबर
Comments are closed.