Nepal's First Video FM

नेपाल-भारत वाणिज्य सचिवस्तरीय बैठक आज

360

अन्तरसरकार समिति (आईजीसी) नेपाल र भारत वाणिज्य सचिवस्तरीय बैठक सोमबार बस्ने भएको छ । भिडियो कन्फरेन्समार्फत हुने बैठकमा मुख्यतः व्यापार सन्धि पुनरावलोकन, लगानी प्रवर्द्धनलगायत विषय मुख्य एजेन्डामा छन् ।

‘बर्सेनि हुने वाणिज्य सचिवस्तर बैठक यसपटक भिडियो कन्फरेन्समार्फत सोमबार हुँदै छ,’ मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले भनिन्, ‘वाणिज्य सचिव वैकुण्ठ अर्यालको संयोजत्कवमा हुने बैठकमा व्यापार सन्धि पुनरावलोकन, दुई देशबीचको लगानी प्रवर्द्धन, ट्रेड एन्ड ट्रान्जिटका विषयमा छलफल हुन्छ ।’

यीबाहेक बोर्डर ट्रेडको पूर्वाधार निर्माण र सहजीकरण, ज्वाइन्ट बिजनेस फोरम निर्माणका विषयमा पनि छलफल हुने जनाइएको छ ।

You might also like

Comments are closed.