Nepal's First Video FM

बलात्कार आरोपमा थुनामा रहेका सिद्धबाबालाई अदालतले सफाइ दियो

303

काठमाडौ । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा थुनामा रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ ।
सुनसरीको चतरामा आश्रम बनाएर बस्दै आएका बाबा एकजना अनुयायी महिलाले बलात्कार आरोप लगाएपछि पक्राउ परेका थिए । जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले उनलाई आज सफाइ दिएको हो ।

आजको बहसमा सरकारी वकिलहरु अदालतमा उपस्थित भएनन् । जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रप्रसाद पोखरेलले अभियोग दाबी नपुगेको ठहरसहित आरोपी गिरीले सफाइ पाएको जानकारी दिए ।

सो मुद्दामा सोमबार तोकिएको पेशी सार्न सरकारी वकिलको कार्यालयले अदालतमा निवेदन दर्ता गराएको थियो । सरकारी वकिलको निवेदन नै दर्ता नगरी अदालतले गिरीलाई सफाइ दिने निर्णय अदालतले गरेको हो ।

गिरीविरुद्धको बलात्कार मुद्दा अहिले सर्वोच्च अदालतमा पनि छ । सर्वोच्चले गत साता गिरीलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो । स्रोत एभी न्युज

You might also like

Comments are closed.