Nepal's First Video FM

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४० हजार नाघ्यो

350

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ४० हजार नाघेको छ विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा हालसम्म कोरोना संक्रमणका कारण १ लाख ४० हजार ५७३ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ३९१ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक छ । सोही अवधीमा ३२ हजार ९८१ संक्रमित थपिएका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख ७७ हजार २०३ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

You might also like

Comments are closed.