Nepal's First Video FM

विवाहपछि श्वेताले लेखिन फेसबुकमा यस्तो भावुक स्टाटस..

444

अभिनेत्री श्वेता खड्का सोमबार विवाह गरिन । विवाह बन्धनमा बाँधिएपछि उनले सामाजिक सञ्जालमा भावुक हुँदै स्टाटस लेखेकी छन् ।

धनगढीका विजयेन्द्रसिंह रावतसँग उनले हिजो लगनगाँठोमा कसेकी हुन् । उनीहरुको विवाहको कार्यक्रम काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा आयोजना गरिएको थियो ।

कोरोनाको कहरका कारण उनीहरुको विवाहमा सीमित व्यक्तिको मात्र उपस्थिति रहेको थियो ।

अभिनेत्री श्वेता खड्काले यस्तो लेखिन

”अनत्वगोत्वाः मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें ।

मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्‍याउनु छ ।

निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु । म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु ।

आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केही गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यस्लाई साकार बनाउनको लागी म प्र यासरत रहनेछु । अतः मलाई तपाइहरु सम्पूर्णको साथ , साल्लाह , सुझावका साथै शुभ आशिर्वादको आवस्यक्ता छ ।

हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु।”

You might also like

Comments are closed.