Nepal's First Video FM

चीनका १४ वरिष्ठ अधिकारीविरुद्ध अमेरिकामा प्रतिबन्ध

322

हङकङको स्वायत्ततालाई कमजोर बनाउन भूमिका खेलेको भन्दै अमेरिकाले १४ जना चिनियाँ वरिष्ठ अधिकारीहरुलाई प्रतिबन्ध लगाएको छ । जसमा एक जना तिब्बती नेता पनि रहेका छन् । 

प्रतिबन्ध घोषणा गर्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनको नेशनल पिपुल्स कांग्रेसको स्थायी समितिले हङकङका जनताले आफ्ना प्रतिनिधि निर्वाचित गर्ने क्षमतालाई प्रभाव पारेको आरोप लगाएका छन् ।

ती वरिष्ठ अधिकारीलाई अमेरिकामा प्रवेश गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको हो ।

अमेरिकाले प्रतिबन्ध लगाएका चिनियाँ अधिकारीहरुमा वांग चेन, काओ जियानिंग, झांग चुनक्सियन, शेन युयेयू, जी विंगक्युसुआन, अर्केन इमरबाकी, वान एक्जियांग, चेन डु, वांग डोंगमिंग, पद्या चोेलिंग, डिंग झोंगली, हेंग मिंगजिन, कै डाफेंग र वु वेहुवा रहेका छन् ।

उनीहरुसहित उनीहरुका परिवारका सदस्यलाई समेत अमेरिका जान रोक लगाइएको छ । अमेरिकाले यसअघि पनि यस्तो प्रतिबन्ध विभिन्न अधिकारीमाथि लगाइसकेको छ ।

यसभन्दा अघि अमेरिकाले सुरक्षाको कारण देखाउँदै सबैभन्दा ठूलो चिप प्रोसेसर कम्पनी एसएमआईसी र तेलको ठूलो कम्पनी सीएनओओसीसहित चार कम्पनीलाई कालोसूचीमा राखेको थियो ।  

You might also like

Comments are closed.