Nepal's First Video FM

सगरमाथाकाे उचाइसँगै देशकाे उचाइ पनि बढेकाे छ : हामी सबैलाई बधाई , प्रधानमन्त्री ओली

357

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइसँगै देशको उचाइ बढेको बताएका छन् । हिजो एक सन्देशमार्फत् उनले यसलाई खुशीको खबर भन्दै देशलाई अझ उचाईको बाटोतर्फ लाने दिशामा अग्रसर हुन आग्रह गरेका छन् ।

‘सगरमाथाको उचाईसँगै देशको उचाई बढेको छ,’ प्रधानमन्त्री ओलीले सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेकोमा खुशी व्यक्त गर्दै भिडियो सन्देशमा भने, ‘हामी उचाईको बाटोतर्फ अग्रसर होऔं । उनले देशको उचाई पनि माथि उठेको बताए ।’

सगरमाथाको उचाई बढेर वा विगतको उचाइ मापन उपयुक्त विधि र समुचित नभएर बढेको हुनसक्ने बताए । हिमाल नयाँ भएकाले उचाई बढ्दै जानु स्वाभाविक भएको ओलीको भनाई थियो ।

हिजो नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाईको घोषणा गरेका हुन् । ८६ सेन्टिमिटर बढेर सगरमाथाको उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ पुगेको छ ।

You might also like

Comments are closed.