Nepal's First Video FM

विप्लव समूहले शिक्षक हत्याको जिम्मेवारी लिँदै भन्यो, ‘प्रतिकारमा मारिए’ विज्ञप्ति हेर्नुहोस्

716

काठमाडौं, २४ मंसिर । काठमाडौं । मोरङ मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले लिएको छ। विप्लव नेकपाको मेची कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको हत्याको जिम्मेवारी लिएको छ। ।

श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ र हत्याको कारण ‘सुराकी’ आरोप लगाएको छ। स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई विप्लव समूहले अपहरण गरी मंगलबार बिहान नजिकैको बर्खे जंगलमा घाँटी रेटी हत्या गरेको थियो। समूहले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेको दाबी गरेको छ।

श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची कोसी ब्युरो बैठकमा प्रहरी बोलाएर ‘दमन गराएको’ दावी विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठले जनताका घरमा पटक पटक प्रहरी पठाएर नेता कार्यकर्तालाई खान बस्न दिए तातो गोली खान्छौ भन्दै आतंकित पारेको विज्ञप्तिमा भनिएको छ । उसले श्रेष्ठले लामो समयदेखि श्रेष्ठले सुराकी गर्दै आएको र सच्चिन पटक-पटक चेतावनी दिँदा अनसुध्रिएको दाबी गरेको छ।

उसले श्रेष्ठले लामो समयदेखि श्रेष्ठले सुराकी गर्दै आएको र सच्चिन पटक-पटक चेतावनी दिँदा अनसुध्रिएको दाबी गरेको छ।

हेर्नुहोस् विज्ञप्ति

You might also like

Comments are closed.