काठमाडौं, २४ मंसिर । अलग भएको झण्डै दुई वर्षपछि वैकल्पिक राजनीतिक शक्ति बनाउने उद्घोषसहित ‘विवेकशील साझा’ पार्टी फेरि एकपटक जोडिएको छ ।
संयोग नै भन्नुपर्छ- भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवसका दिन बुधबार यी दल पुनर्मिलन गरेका छन्। गत वैशाखदेखि नै यी दुई दलबीच एकता गर्ने गरी नजिकिए। एकताप्रति असन्तुष्टि जनाएका दुवै दलका केही नेता एकीकरणमा सहभागी रहेनन्।
अध्यक्षमा रवीन्द्र मिश्र र संयोजकमा मिलन पाण्डे रहेका छन् । कार्यकारी अधिकार दुवैलाई रहने जनाइएको छ । दुवै दलबाट केन्द्रीय समितिमा ६५/६५ गरी १३० र सचिवालयमा १३/१३ गरी २६ सदस्यीय रहने घोषणा कार्यक्रममा जानकारी दिइएको छ । केन्द्रीय समितिको पहिलो बैठकले सचिवालय सदस्य चयन गर्नेछ ।
पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा रहनेछ । लोगो र चुनाव चिह्न तराजु राखिएको छ । दुई महिनाभित्र सबै संरचना निर्माण गर्ने र छ महिनाभित्र एकता महाधिवेशन गर्ने समारोहमा जारी एकता घोषणापत्रमा उल्लेख छ ।
Comments are closed.