Nepal's First Video FM

गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालामा माघ २४ मा ‘स्टार क्रिकेटको भिडन्नत कस्ले मार्ला बाजी ?

412

काठमाडौं, २४ मंसिर । धुर्मुस सुन्तली फाउन्डेसनको निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गृष्मा ब्रोडकास्टिङले ‘स्टार क्रिकेट २०२१’ मैत्रीपूर्ण खेल गर्ने भएको छ । स्टार क्रिकेटको भिडन्नतमा कस्ले बाजी मार्ने हो त्यो भने हेर्न बाँकी छ,अर्थात माग २४ कुर्नु पर्ने हुन्छ ।

स्टार क्रिकेटको केही तस्बिर गृष्मा ब्रोडकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले सामाजिक सञ्जालमा सार्वजनिक गर्दै सो मैत्री पूर्ण खेलको जानकारी दिएका छन् l निर्माण भइरहेको रङ्गशालालाई सहयोग गर्ने उद्देश्यले मैत्रीपूर्ण खेलको आयोजना गर्न लागिएको गृष्माका गृहेन्द्रले बताए । ‘मैले रङ्गशालामा मेरो दायित्व र कर्तव्य पनि पुरा गरेको हुँ ,’ उनले भने ‘रङ्गशाला निर्माणमा विदेशमा रहेका नेपालीहरू जुटिरहनु भएको छ भने हामी स्वदेश पनि किन केही नगर्ने ?’ उनी यो खेलले रङ्गशाला निर्माणमा केही सहयोग पुग्नेमा विश्वस्त छन् ।

खेल मार्फत जुटेको रकम त्यहीँ धुर्मुस-सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरिनेछ । साथै , त्यहाँ खेलमा प्रयोग भएका बल , ब्याट , जर्सी लगायतका खेल सामग्रीमा सेलिब्रेटीहरुको साइन लिएर बिक्रीका लागि फाउन्डेसनलाई प्रदान गरिनेछ ।माघ २४ गते हुने खेलमा क्रिकेटर पारस खड्का सँगै चर्चित कलाकारहरू सिताराम कट्टेल , कुन्जना घिमिरे, शृंखला खतिवडा लगायत छन् ।

खेलमा ३ टिमलाई विभाजन गरिएको छ l दर्शक बिना नै आयोजना गर्ने मैत्री पूर्ण खेलमा क्रिकेटर पारस खड्का , ज्ञानेन्द्र मल्ल र विनोद दासले १\१ टिमको कप्तानी गर्नेछन् । उनीहरूको टिममा क्रिकेट खेलाडीसँगै फुटबल खेलाडी , भलिबल खेलाडीसँगै कलाकार र सञ्चारकर्मी रहनेछन् ।

You might also like

Comments are closed.