Nepal's First Video FM

‘ए मेरो हजुर ४’को सुटिङ , किन रोकियो ?

365

काठमाडौं: कात्तिक १ बाट फ्लोरमा गएको फिल्म ‘ए मेरो हजुर ४’को सुटिङ बुधबारबाट एक महिनाका लागि स्थगित भएको छ । दुई गीत र केही सिनको सुटिङ बाँकी रहँदै फिल्मको सुटिङ तत्कालका लागि रोकिएको हो ।

अभिनेता अनमोल केसीले बाँकी सुटिङ माघ महिनापछि गर्ने गरी तत्कालका लागि प्याकअप गरेको जानकारी गराए । अनमोलका अनुसार अब फिल्मको दुई गीत र एयरपोर्ट र अस्पतालका दृश्य बाँकी छन् । अहिलेको अवस्थामा एयरपोर्ट र अस्पताल दुवै सुटिङका लागि उपलब्ध नभएकाले पछि सारिएको अनमोलले बताए । निर्माण टिमले दिएको जानकारी अनुसार फिल्ममा अनमोल तीन गेटअपमा देखिनेछन् ।

अनमोललाई तेस्रो गेटअपका लागि समय दिने अभिप्रायले पनि सुटिङ रोकेको जनाएको छ । अनमोल यसपछिको सेड्युलमा थप दुब्लाउनेछन् । ‘ए मेरो हजुर ४’ अनमोलसँगै सुहाना थापाको अभिनय छ । दसैँमा प्रदर्शन हुने लक्ष्यसहित फ्लोरमा गएको फिल्मको सुटिङ कोभिड १९ का कारण रोकिएको थियो ।

रोकिएको सुटिङ घटस्थापनाको दिनबाट फेरि सुचारु भएको थियो । दसैँ र तिहारमा केही दिनको ब्रेकपछि फिल्मको सुटिङ पुनः सुचारु भएको थियो । फिल्ममा अनमोल र सुहानाबाहेक सलोन बस्नेत पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । सुनिलकुमार थापाको निर्माण रहेको फिल्मलाई झरना थापाले निर्देशन गरिरहेकी छिन् । इ कागज मा खबर छ।

You might also like

Comments are closed.