काठमाडौ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् ।
शाक्यले महानगरपालिका र विभिन्न सरोकारवाला निकाय बीच समन्वय नहँुदा आफुले चाहेर पनि धेरै काम गर्न नसकेको बताएका हुन् । उनले खानेपानी, ढल, सडक, विजुली, इन्टरनेटको तार लगायतको कामको अनुमति दिने, नियमन गर्ने र राजश्व समेत उठाउने निकायबीच अझै समन्वय हुन नसकेको बताए । तोकिएको निकायले काम नगर्ने तर दोष जति महानगर र प्रमुखले पाइरहेको उनको गुनासो छ ।
शाक्यले काठमाडौं महानगरले सम्पदा संरक्षण र पुराना घर, पाटीको जिर्णोद्धार गर्न योजना नै बनाएर काम गरिरहेको बताएका छन ।।
Comments are closed.