कोरोना संक्रमणका कारण चैतदेखि बन्द भएको सदर चिडियाखाना आज देखि खुल्ने भएको छ । तर कोरोना महामारीका कारण पहिले जस्तो चिडियाखानामा खुल्ला तरिकाले घुम्न भने पाइने छैन ।कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्णय गरेपछि बिहीबारदेखि स्वास्थ्य मापदण्ड पालना गरेर चिडियाखाना खोल्न लागेको चिडियाखाना व्यवस्थापन ले जनाएको छ ।
चिडियाखाना खुलेपनि अबलोकनको लागि सिमित अबधि तोकिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अबलोकनकर्ताले बढीमा एकदेखि डेढ घण्टाभित्र चिडियाखानाबाट निस्कनुपर्ने नियम बनाइएको छ ।
प्रवेशमा लाग्ने शुल्कमा कुनै परिवर्तन नभएपनि चिडियाखाना जानको लागि अनलाइनबाट अग्रिम टिकट काट्न सकिने व्यवस्था गरिएको छ । चिडियाखानाको वेवसाइट वा इसेवामार्फत् टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ ।एकपटकमा ८०० जनालाई मात्रै अवलोकनको लागि भित्र प्रवेश दिइनेछ
Comments are closed.